काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बुधबार नबिल बैंक र गरिमा विकास बैंकको सेयरमूल्य समायोजन गरेको छ। दुवै बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेपछि बोनस सेयरका आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो।
नेप्सेले नबिल बैंकको ५ प्रतिशत र गरिमा विकास बैंकको १० प्रतिशत बोनस सेयरका आधारमा सेयरमूल्य समायोजन गरेको हो। समायोजनपछि नबिल बैंकको सेयरमूल्य प्रतिकित्ता ५३९ रुपैयाँ ५ पैसा कायम भएको छ भने गरिमा विकास बैंकको ४१४ रुपैयाँ ५५ पैसा कायम भएको छ।
नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्यलाई आधार बनाएर दुवै बैंकको सेयरमूल्य समायोजन गरेको जनाएको छ। मंगलबार दोस्रो बजारमा नबिल बैंकको सेयर प्रतिकित्ता ५६६ रुपैयाँ र गरिमा विकास बैंकको ४५६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
समायोजित मूल्यलाई आधार मानेर बुधबारदेखि दोस्रो बजारमा दुवै बैंकको सेयर कारोबार खुल्नेछ।
