काठमाडौं। सेयरबजारमा बुधबार सामान्य गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.८२ अंकले घटेर २५९८.८९ विन्दुमा कायम भएको छ।
दिनभरिमा कुल ४ अर्ब ७६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बजारमा १०९ कम्पनीको सेयर मूल्य बढ्दा १५७ कम्पनीको घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ।
बढेका कम्पनीमध्ये सिन्धु विकास बैंकका लगानीकर्ताले १४.३७ प्रतिशत प्रतिसेयर आम्दानी गरेका छन् भने अन्यको आम्दानी ८.४१ प्रतिशतसम्म रहेको छ। यस दिन सेयर मूल्यमा देखिएको अधिकतम गिरावट ३.७८ प्रतिशत मात्र छ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। अन्य कम्पनीको कारोबार २२ करोड रुपैयाँसम्म सीमित छ। बुधबारको बजारमा जलविद्युत्, सामूहिक लगानी कोष र व्यापार सूचकमा वृद्धि देखिए पनि बाँकी समूहका सूचक घटेका छन्।
