काठमाडौं. एभरेष्ट बैंक लिमिटेडले आफ्नो १५ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ। बुधबार सम्पन्न बैंकको ३२औँ वार्षिक साधारणसभाले सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णयलाई अनुमोदन गरेको हो। नगद लाभांशमा बोनस सेयरमा लाग्ने कर समेत समावेश गरिएको बैंकले जनाएको छ।
साधारणसभाले बोनस सेयर जारी भएपश्चात् बैंकको पुँजी वृद्धि हुने भएकाले सोहीअनुसार प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ। यसका साथै सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनलाई समेत स्वीकृति प्रदान गरेको छ।
बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि जीपी राजवाहक एन्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरेको जानकारी दिएको छ।
