Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

अवरुद्ध अन्नपूर्ण क्षेत्रको पदयात्रा आंशिक रूपमा सुचारु

अवरुद्ध अन्नपूर्ण क्षेत्रको पदयात्रा आंशिक रूपमा सुचारु
A A+ A-

काठमाडौं। निरन्तरको वर्षाका कारण अवरुद्ध अन्नपूर्ण क्षेत्रको पदयात्रा आंशिक रूपमा सुचारु भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्ग मंगलबारदेखि पूर्ण रूपमा खुलेको छ। पहिलो दिन नै झन्डै ६५० विदेशी पर्यटक छोमरोङबाट एबिसीतर्फ लागेका थिए। मर्दी हिमाल पदमार्गमा पनि पहिलो दिन ३०० पर्यटकले पदयात्रा सुरु गरेका छन्।

एक्यापका फोकल पर्सन नरेन्द्र श्रेष्ठले लामो समयको अवरोधपछि पदयात्रा सुरु हुँदा पर्यटकको चहलपहल बढेको बताए। उनले भने, ‘पहिलो दिन नै झन्डै एक हजार पर्यटकले अनुमति लिएका छन्।’ घान्द्रुक र घोरेपानी पदमार्गमा पनि पर्यटक जान थालेका छन्।

यद्यपि, विश्वकै चर्चित अन्नपूर्ण फेरोको पदयात्रा भने अझै पूर्ण रूपमा खुल्न सकेको छैन। मनाङको चामेमा पाँच दिनअघि खसेको पहिरोले मर्स्याङ्दी नदी थुनिएपछि माथिल्लो मनाङतर्फको बाटो अवरुद्ध छ। थोराङला फेँदी क्षेत्रमा बाक्लो हिउँ जमेकाले पनि पदयात्रा प्रभावित छ। सो क्षेत्रमा नदीको बहाव खुलाउने प्रयास भइरहेको छ।

मुस्ताङ क्षेत्रमा भने सञ्चार सम्पर्क विच्छेद भएको छ भने बेनी-जोमसोम सडक खण्ड अवरुद्ध छ। कालिगण्डकी करिडोर नखुलेसम्म सो क्षेत्रमा पर्यटक पठाउन सहज नभएको श्रेष्ठले जानकारी दिए। एक्यापले हालका लागि व्यक्तिगत पदयात्रा अनुमति रोकेर समूहमा वा गाइडसहित मात्र जान पाउने व्यवस्था गरेको छ।

पर्यटन व्यवसायीहरूले लामो समयपछि पदयात्रा सुचारु हुनुलाई सकारात्मक रूपमा लिएका छन्। एबिसीका व्यवसायी दिलीप गुरुङले भने, ‘पर्यटन क्षेत्रमा बाढीपहिरोले अवरोध गरेको थियो, अब भने खुला भएको छ।’ छोमरोङ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष जगनराज गुरुङले पनि सुनसान पदमार्गमा चहलपहल बढेकोमा खुसी व्यक्त गरे।

2