काठमाडौं। इलामको माई नगरपालिकामा रहेको चिलिमकोट चिया कारखाना जीर्ण बनेको छ। विसं २०५७ मा नेपाल सरकारले ५० वर्षका लागि संघाई कम्पनीलाई लिजमा दिएको उक्त कारखानाको भवन अहिले भत्किएर जीर्ण अवस्थामा पुगेको हो।
कारखानाका मेसिन तथा अन्यसामग्रीहरू कम्पनीले अन्यत्र लगेपछि हाल सो कारखाना पूर्ण रूपमा बन्द छ।
