Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

बागमती प्रदेशले पुनर्निर्माणका लागि सङ्घीय सरकारसँग एक अर्ब माग्यो

बागमती प्रदेशले पुनर्निर्माणका लागि सङ्घीय सरकारसँग एक अर्ब माग्यो
A A+ A-

हेटौंडा: बागमती प्रदेश सरकारले बाढीपहिरोका कारण क्षतिग्रस्त पूर्वाधारहरूको पुनर्निर्माणका लागि सङ्घीय सरकारसँग एक अर्ब रुपियाँ अनुदान माग गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय विपद् व्यवस्थापन कोषबाट सो रकम माग गर्ने निर्णय गरेको हो।

प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री भरतबहादुर केसीले क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि बजेट आवश्यक भएकाले नेपाल सरकारसँग अनुदान माग गरिएको जानकारी दिनुभयो। बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालय र मातहतका कार्यालयहरूको सङ्गठन सर्वेक्षण प्रतिवेदन पनि स्वीकृत गरेको छ।

यसैगरी, मन्त्रिपरिषद्ले प्रदेश सरकारका सचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको छ। बैठकले बलेफी गाउँपालिकाको वडा सिमाना हेरफेरका लागि नेपाल सरकारलाई सिफारिस गर्ने र स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

2