Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

भैरहवामा साढे दुई करोड मूल्यको सुनका गरगहना बरामद

भैरहवामा साढे दुई करोड मूल्यको सुनका गरगहना बरामद
A A+ A-

भैरहवा: सशस्त्र प्रहरीले रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ शान्तिगेटस्थित जाँचकक्षबाट दुई करोड ५१ लाख रुपैयाँभन्दा बढी मूल्यका सुनका गरगहना बरामद गरेको छ। सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म डण्डाबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा काठमाडौँ महानगरपालिका-१९ की ४६ वर्षीया इला पटेलको साथबाट उक्त गरगहना बरामद गरेको हो।

सशस्त्र प्रहरी नायब उपरीक्षक गोपीकृष्ण भट्टराईको नेतृत्वमा खटिएको सुरक्षाकर्मीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेकी पटेललाई जाँच गर्ने क्रममा उक्त गरगहना फेला पारेको थियो। बरामद गरगहनाको कुल तौल दुई किलो ६०५ ग्राम रहेको छ। सिद्धार्थनगर सुनचाँदी व्यवसायी सङ्घमा गरिएको परीक्षणबाट गरगहनामा करिब एक किलो सुन रहेको पुष्टि भएको छ। प्रहरीका अनुसार गरगहनाको भित्री भागमा अन्य धातु र बाहिर सुनको लेपन गरिएको छ।

प्रचलित बजार मूल्यका आधारमा बरामद गरगहनाको मूल्य दुई करोड ५१ लाख ९३ हजार ३५० रुपैयाँ कायम गरिएको छ। बरामद गरगहना र नियन्त्रणमा लिइएकी पटेललाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि भैरहवा भन्सार कार्यालयमा पठाइएको छ। भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बरामद गरगहनाको विषयमा आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।

2