Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis

निजी कम्पनी भएको भए नेपाल एयरलाइन्स बन्द भइसक्थ्यो: मन्त्री पौडेल

निजी कम्पनी भएको भए नेपाल एयरलाइन्स बन्द भइसक्थ्यो: मन्त्री पौडेल
A A+ A-

काठमाडौं। पर्यटनमन्त्री खड्कराज पौडेलले नेपाल वायुसेवा निगमको चरम अव्यवस्थापन र वित्तीय अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

संघीय संसदको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले निगमको कार्यशैलीमा तत्काल व्यापक सुधारको आवश्यकता औँल्याएका हुन्।

उनले निगमको दयनीय कार्यसम्पादनप्रति टिप्पणी गर्दै यदि यो कुनै निजी कम्पनी भएको भए यतिबेलासम्म खारेजीमा गइसक्ने बताए।

मन्त्री पौडेलले निगम सुधारका लागि नयाँ जहाज थप्नु मात्रै पर्याप्त नभएको स्पष्ट पार्दै संस्थाको व्यवस्थापन चुस्त हुनुपर्नेमा जोड दिए। उनले पछिल्लो समय जहाजहरूमा देखिएका प्राविधिक समस्या र त्यसबाट निगमको ढुकुटीमा परेको आर्थिक भारप्रति असन्तुष्टि जनाए।

टोकियो र युरोपमा जहाज ग्राउन्डेड भएको घटनालाई स्मरण गर्दै उनले उडान रद्द हुँदा यात्रु व्यवस्थापनमा निगमलाई करोडौं रुपैयाँ नोक्सान भइरहेको बताए। मन्त्री पौडेलले बैंक तथा वित्तीय संस्थाहरूले निगममाथि गरिरहेको व्यवहारको पनि आलोचना गरे।

उनले अन्य संस्थालाई ५ प्रतिशत ब्याजदरमा ऋण दिने बैंकहरूले राष्ट्रिय ध्वजावाहकलाई साढे १० प्रतिशत ब्याजदर लगाउनु विभेदकारी भएको भन्दै आपत्ति जनाए।

2