Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

भोटेकोशी बाढी पीडितलाई फिदिम नगरपालिकाको ४७ लाख सहयोग

भोटेकोशी बाढी पीडितलाई फिदिम नगरपालिकाको ४७ लाख सहयोग
A A+ A-

काठमाडौं: फिदिम नगरपालिकाले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ४७ लाख ४९ हजार ४५० रुपियाँ ७० पैसा सहयोग गरेको छ।

नगरपालिकाको नगर कोष, जनप्रतिनिधि, कर्मचारी र शिक्षकबाट संकलित उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो। विपत्तिमा परेका नागरिकको राहत, उद्धार, उपचार तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले सो रकम उपलब्ध गराइएको मेयर मित्रप्रसाद काफ्लेले जानकारी दिनुभयो।

नगरपालिकाले बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै नगरपालिकाले प्रभावित नागरिकको पीडामा साथ दिनु स्थानीय सरकारको दायित्व भएको उल्लेख गरेको छ।

बाढी प्रभावित परिवार तथा समुदायको पुनःस्थापना र राहतका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउँदै नगरपालिकाले सबै पक्षलाई मानवीय सहयोगका लागि आह्वान गरेको छ।

2