Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

एभरेष्ट बैंकका ग्राहकलाई मेदान्तमा १५% छुट

एभरेष्ट बैंकका ग्राहकलाई मेदान्तमा १५% छुट
A A+ A-

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडका ग्राहकले भारतको प्रतिष्ठित मेदान्त–द मेडिसिटी अस्पतालमा स्वास्थ्य सेवा लिँदा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्। यससम्बन्धी सम्झौता एभरेष्ट बैंक र मेदान्त अस्पतालबीच भएको हो।

सम्झौताअनुसार एभरेष्ट बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकले भारतका विभिन्न सहरमा सञ्चालित मेदान्त अस्पतालका १३ शाखाबाट यो सुविधा लिन सक्नेछन्। बैंकका अनुसार नयाँ दिल्ली, गुरुग्राम, लखनउ, इन्दौर, राँची, नोएडालगायतका सहरमा रहेका अस्पतालका शाखामा छुट सुविधा लागू हुनेछ।

ग्राहकले अस्पतालको ओपिडी सेवाअन्तर्गत डाक्टर परामर्श, प्रयोगशाला परीक्षण तथा रेडियोलोजी सेवामा १५ प्रतिशतसम्म छुट पाउनेछन्। त्यस्तै, आइपिडी सेवाअन्तर्गत बेड भाडा, प्रयोगशाला तथा रेडियोलोजी परीक्षणमा पनि छुट उपलब्ध हुनेछ।

मेदान्त अस्पतालको ‘स्ट्यान्डर्ड प्रिभेन्टिभ हेल्थ प्याकेज’ मा समेत ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ।

यो सुविधा लिन ग्राहकले सम्बन्धित अस्पतालमा उपचार तथा स्वास्थ्य परीक्षणको बिल भुक्तानी एभरेष्ट बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत गर्नुपर्नेछ। बैंकका ग्राहकलाई भारतमा उपचार तथा स्वास्थ्य परीक्षणका क्रममा थप सुविधा उपलब्ध गराउने उद्देश्यले सम्झौता गरिएको बैंकले जनाएको छ।

2