लमजुङ। बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीशहर–चामे सडक सञ्चालनमा आएको छ।
नासोंँ गाउँपालिका– ३, खोत्रो र चामे गाउँपालिका– ५, कोतोमा खसेको पहिरो तथा सडकमा थुप्रिएको ढुङ्गामाटो हटाएपछि सडक सञ्चालनमा आएको डुम्रे–बेँसीशहर–चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले राससलाई जानकारी दिए।
बाढीपहिरोका कारण बेँसीशहर–चामे सडकका विभिन्न खण्डमा पहिरो खस्नुका साथै कतिपय स्थानमा सडक भासिएको थियो। सडक सञ्चालनमा आएसँगै मनाङतर्फ खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री ढुवानी तथा आवागमन सहज भएको छ।
