Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोरमा २० प्रतिशतसम्म छुट

कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोरमा २० प्रतिशतसम्म छुट
A A+ A-

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले ठमेलस्थित रमदा अन्कोर बाइ विइन्डम होटलका विभिन्न सेवा तथा सुविधामा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।

यससम्बन्धी सम्झौता कुमारी बैंक र रमदा अन्कोर बाइ विइन्डमबीच भएको हो।

सम्झौताअनुसार बैंकका ग्राहकले होटल तथा रेस्टुरेन्टका खाना तथा पेय पदार्थ र स्पा सेवामा १५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन्। होटलका विभिन्न सेवा प्रयोग गर्दा किस्ताबन्दी सुविधा समेत उपलब्ध गराइनेछ।

वार्षिक न्यूनतम १५ हजार रुपैयाँ खर्च गर्ने ग्राहकले जन्मदिनमा निःशुल्क केक पाउनेछन्। पारिवारिक जमघट तथा कार्यक्रमका लागि केक र कर्केज शुल्क नलाग्ने व्यवस्था पनि गरिएको छ।

रेस्टुरेन्टमा वार्षिक ५० हजार रुपैयाँ खर्च गर्ने ग्राहकले एक दिनको कोठा निःशुल्क पाउनेछन्। ‘फ्यामिली डे आउट प्याकेज’ र ‘फ्यामिली स्टे प्याकेज’ मा पनि बैंकका ग्राहकले विशेष छुट पाउने व्यवस्था गरिएको छ।

कुमारी बैंकले २५ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको जनाएको छ। बैंकका देशभर २७९ शाखा, २९५ एटिएम, ४१ एक्सटेन्सन काउन्टर र ४० शाखारहित बैंकिङ इकाई सञ्चालनमा छन्।

2