Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

ऊर्जामन्त्री श्रेष्ठले गरे कुलेखानी जलविद्युत् ड्यामको निरीक्षण

ऊर्जामन्त्री श्रेष्ठले गरे कुलेखानी जलविद्युत् ड्यामको निरीक्षण
A A+ A-

काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको बाँधको स्थलगत निरीक्षण गरेका छन्।

असोज ८ देखि १२ गतेसम्म परेको भारी वर्षाका कारण बाँधमा पानीको सतह उच्च विन्दुमा पुगेपछि मन्त्री श्रेष्ठ शनिबार अवस्था बुझ्न त्यहाँ पुगेका हुन्।

निरीक्षणका क्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठले मन्त्रीलाई आयोजनाको वस्तुस्थितिबारे जानकारी गराएका थिए।

मन्त्री श्रेष्ठले कुलेखानी बाँध हाल सुरक्षित र स्थिर रहेको स्पष्ट पारेका छन्। उनले भारी वर्षाको समयमा बाँधको सुरक्षाका लागि उच्च निगरानी राखिएको र सबै आवश्यक रणनीति अपनाइएको बताए।

मन्त्री श्रेष्ठले भने, ‘सतह म्यानेज गर्ने, २४ सै घण्टा निगरानीमा राख्ने, तल्लो तटमा पनि सूचना प्रवाह गरेर अलर्ट राख्ने गरिएको थियो। आज आएर हेर्दा म्यानेज भएको छ। ड्याम स्टेबल छ।’

बाँधको अवस्थाबारे जानकारी दिँदै मन्त्री श्रेष्ठले अघिल्लो साताको भारी वर्षाले देशका विभिन्न जलविद्युत् संरचनामा क्षति पुर्‍याउनुका साथै कुलेखानीमा पानीको सतह सतर्कता तहमा पुग्दा विद्युत् आपूर्ति व्यवस्थापनमा दबाब सिर्जना गरेको बताए।

यद्यपि, हालको अवस्थाले आगामी सुख्खा मौसममा विद्युत् आपूर्ति सहज हुने विश्वास उनले व्यक्त गरे। उनले ऊर्जा सुरक्षालाई बलियो बनाउँदै भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्न सरकार सक्रिय रहेको बताए।

प्राधिकरणका कार्यकारी निर्देशक दिर्घायु श्रेष्ठले कुलेखानी विद्युत् प्रणालीको मेरुदण्ड भएको उल्लेख गर्दै यसले प्रणालीमा ‘पिकिङ’का लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले पनि बाँधको अवस्था हाल सामान्य रहेको जानकारी दिए।

2