Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

कृषि क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल

कृषि क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल
A A+ A-

काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्रालय र भैरहवाका कृषि उद्योगी-व्यवसायीबीच कृषि क्षेत्रको विकास र उद्योगीले भोग्दै आएका समस्याबारे छलफल भएको छ।

भैरहवास्थित नेपाल कृषि अनुसन्धान परिषद्को कार्यालयमा आयोजित बैठकमा कृषि उत्पादनको व्यावसायीकरण, बजारीकरण, स्वदेशी उत्पादनको प्रवर्द्धन र लगानीमैत्री वातावरण निर्माणका विषयमा छलफल गरिएको थियो।

बैठकमा उद्योगी-व्यवसायीहरूले कच्चा पदार्थको उपलब्धता, उत्पादन लागत, बजार व्यवस्थापन र सरकारी सहजीकरणका विषयमा आफ्ना सुझाव प्रस्तुत गरेका थिए। उनीहरूले कृषि उद्योगलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।

उद्योगी-व्यवसायीका सुझाव सुनेपछि मन्त्री गिता चौधरीले कृषि क्षेत्रलाई आत्मनिर्भर र औद्योगिक रूपमा सक्षम बनाउन सरकार, किसान र निजी क्षेत्रबीच सहकार्य अनिवार्य रहेको बताइन्। मन्त्री चौधरीले कृषि उत्पादनलाई उद्योगसँग जोडेर मूल्य अभिवृद्धि र रोजगारी सिर्जना गर्न कृषि उद्योगको भूमिका महत्वपूर्ण हुने उल्लेख गरिन्।

साथै, उद्योगी-व्यवसायीले उठाएका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरिन्।

मन्त्रालयले कृषि क्षेत्रको समग्र विकासका लागि निजी क्षेत्रसँगको सहकार्य र संवादलाई निरन्तरता दिने जनाएको छ। कृषि उद्योगको विकासमार्फत किसानले आफ्ना उत्पादनको उचित मूल्य पाउने वातावरण निर्माण गर्न मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री चौधरीले स्पष्ट पारिन्।

2