Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

इन्टरनेट सेवा प्रदायकले हटाए सस्तो प्याकेज

इन्टरनेट सेवा प्रदायकले हटाए सस्तो प्याकेज
A A+ A-

काठमाडौं। इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (इस्पान) ले आगामी सोमबारदेखि कम स्पिड र सस्तो मूल्यका इन्टरनेट प्याकेजहरू बन्द गर्ने घोषणा गरेको छ।

विश्वव्यापी मूल्यवृद्धि र सञ्चालन लागतमा भएको अत्यधिक वृद्धिका कारण यस्तो निर्णय लिनुपरेको सङ्घले जनाएको छ।

इस्पानका अध्यक्ष सुधिर पराजुलीले जारी गरेको विज्ञप्तिअनुसार पछिल्लो समय इन्धनको मूल्यमा भएको वृद्धि, फाइबरको बढ्दो लागत र चिपसेटको महँगीले गर्दा इन्टरनेट सेवा प्रवाह गर्न कठिन भएको हो।

सङ्घले आर्टिफिसियल इन्टेलिजेन्सको विकाससँगै इलेक्ट्रोनिक उपकरणको मूल्यसमेत बढेकाले कम्पनीको दैनिक सञ्चालनमा समस्या आएको स्पष्ट पारेको छ।

बाध्यकारी अवस्थाका कारण ग्राहकलाई पर्न जाने असुविधाप्रति सङ्घले क्षमा मागेको छ। इस्पानले सबै इन्टरनेट सेवा प्रदायकहरूलाई नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत दररेट मात्र आफ्नो वेबसाइटमा सार्वजनिक गर्न निर्देशन दिएको छ। साथै, इन्टरनेटको महसुल भुक्तानी गर्दा अनिवार्य रूपमा भ्याट बिल लिन पनि ग्राहकलाई अनुरोध गरिएको छ।

पछिल्ला १२ वर्षमा नेपालले फिक्स्ड ब्रोडब्यान्डको पहुँचमा दक्षिण एसियामै उत्कृष्ट प्रगति गरेको बताउँदै अध्यक्ष पराजुलीले विश्वकै सस्तोमध्येको इन्टरनेट उपलब्ध गराउँदै आएको स्मरण गराएका छन्। ‘डिजिटल नेपाल’ को लक्ष्य पूरा गर्न र गुणस्तरीय सेवा निरन्तरता दिन सस्तो प्याकेज हटाउनुको विकल्प नरहेको सङ्घले उल्लेख गरेको छ।

2