Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

इन्धन अभाव हुँदै गएपछि मुस्ताङमा विकास निर्माणका काम प्रभावित

इन्धन अभाव हुँदै गएपछि मुस्ताङमा विकास निर्माणका काम प्रभावित
A A+ A-

मुस्ताङ। राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ इन्धनको अभाव हुन थालेको छ, जसका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक तथा सङ्घीय, प्रादेशिक र स्थानीय तहका विकास निर्माण योजनाका काम प्रभावित भएको छ।

मुस्ताङमा असोज ८ गतेखि ११ गतेसम्मको भारी वर्षा र त्यसबाट उत्पन्न बाढीपहिरो र नदी कटानका कारण कोरला नाकालाई जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम) सडकमार्ग ६ दिनदेखि पूर्ण रूपमा अवरुद्ध छ। सडक अवरुद्धका मुस्ताङमा इन्धन ढुवानीमा बाधा पुगेसँगै सङ्घीय, प्रादेशिक तथा स्थानीय तहका विकास आयोजना प्रभावित बन्न थालेका हुन्।

म्याग्दी–मुस्ताङको सिमाना थासाङ गाउँपालिका–४ घाँसामा एक डिजेल पेट्रोल पम्प सञ्चालनमा छ। त्यहाँ इन्धन सञ्चित मात्रा सकिदै जान थालेको छ। बाढीपहिरो र नदी कटानले अवरुद्ध बेनी–जोमसोम सडकमार्ग मर्मतका लागि घाँसास्थित पेट्रोल पम्ममा जम्मा ७०० लिटर मात्रै डिजेल प्राप्त हुन सकेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए।

म्याग्दीको गलेश्वर र तातोपानीबाट दुईतर्फी रूपमा सडक मर्मत गर्ने प्रयास भइरहेको भए पनि पर्याप्त इन्धनको व्यवस्था हुन नसक्दा समस्या पर्ने गरेको आयोजना प्रमुख शर्माले बताए।

एक साता बढीको बेनी–जोमसोम सडक अवरुद्धका कारण निर्माण व्यवसायीले सञ्चित गरेको डिजेल सकिँदै गइरहेकाले विकास निर्माणका काम अघि बढाउन समस्या परेको हो। पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख रविन चोख्यालका अनुसार लामो समय सडक अवरुद्ध निर्माण सामग्री तथा इन्धनको आपूर्ति हुन नसकेकाले विकास निर्माण कार्यमा बाधा पुगेको छ। निर्माण व्यवसायीले आवश्यकताअनुसार निर्माण सामग्री तथा इन्धनको जोहो गर्ने गरिएकोमा व्यवस्थापन गरिएको इन्धन सकिँदै जान थालेकाले विकास योजना प्रभावित बन्न थालेको प्रमुख चोख्यालको भनाइ छ।

थासाङ गाउँपालिकास्थित गुरुसाङ्वो निर्माण कन्ट्रक्सनका निर्माण व्यवसायी नविन शेरचनले एक साताअघि देखिको सडक अवरुद्ध तथा भारी वर्षाका कारण इन्धनको ढुवानी हुन नपाएकाले मुस्ताङमा विकास निर्माणका काम अलपत्र परेको बताए। थासाङमा आफूलगायत दर्जनौँ निर्माण व्यवसायीको उपकरण इन्धन अभावले गर्दा सञ्चालनमा ल्याउन नसक्ने अवस्था रहेको निर्माण व्यवसायी शेरचनको भनाइ छ।

मुस्ताङमा बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै पेट्रोलसमेत अभाव हुन थालेको छ। मुस्ताङमा पोखराबाट ब्यारेलमा ढुवानी गरी मिनरल वाटरको बोतलमा बिक्री गर्ने प्रचलन रहेको भए पनि ब्यारेलमा पेट्रोल ढुवानी गरी बिक्री गर्ने पसलमा पेट्रोल पाइप छोडेको छ। सडक अवरुद्धले इन्धन ढुवानीमा रोकिएपछि मुस्ताङमा पेट्रोलियम पदार्थको कालोबजारीसमेत सुरु हुन थालेको छ। सामान्य अवस्थामा रु २२५ मा प्रतिलिटर पर्ने पेट्रोल व्यापारीले इन्धन अभावको मौका छोपी बढी मूल्यमा बिक्री गर्न थालेको पाइएको छ।

यसैगरी इन्धनको अभावसँगै मुस्ताङमा दैनिक उपभोग्य वस्तुहरूको मूल्यसमेत वृद्धि हुँदा सर्वसाधारण नागरिक समस्यामा पर्दै आएका छन्।

2