Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

विद्युत् सेवा चुस्त र प्रभावकारी बनाउन मन्त्री श्रेष्ठको निर्देशन

विद्युत् सेवा चुस्त र प्रभावकारी बनाउन मन्त्री श्रेष्ठको निर्देशन
A A+ A-

हेटौँडा। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरूलाई विद्युत् सेवा प्रवाहलाई थप प्रभावकारी, चुस्त र सेवामुखी बनाउन निर्देशन दिएका छन्।

नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौँडामा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो निर्देशन दिएका हुन्।

मन्त्री श्रेष्ठले विद्युत् आपूर्ति, उपभोक्ता सेवा, डिजिटल भुक्तानी, ऊर्जा माग, लोड व्यवस्थापन, विद्युत् चुहावट नियन्त्रण तथा पूर्वाधारको नियमित मर्मत सम्भारमा विशेष ध्यान दिन कर्मचारीलाई आग्रह गरे।

उनले प्राधिकरणको कार्यसम्पादनमा सुधार आएको बताउँदै विपद्का समयमा कर्मचारीले देखाएको सक्रियताको प्रशंसा पनि गरे। यद्यपि, उनले सेवा सुधारका लागि अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गरे।

विद्युत् अवरुद्ध वा ट्रिपिङको समस्या हुँदा ग्राहकलाई समयमै सही सूचना प्रवाह गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए। उनले वितरण कार्यालयहरूले समस्यालाई तुरुन्त सम्बोधन गरी नागरिकप्रतिको उत्तरदायित्व बहन गर्नुपर्ने बताए।

हेटौँडा औद्योगिक क्षेत्रबाट ४० मेगावाटसम्म विद्युत्को प्रारम्भिक माग आएको सन्दर्भ उल्लेख गर्दै उनले सोको पूर्वतयारी र बक्यौता असुलीमा कडाइ गर्न निर्देशन दिए।

हेटौँडा डिभिजन पूर्व-पश्चिम विद्युत् आदानप्रदानको प्रमुख केन्द्र र नेपालको ऊर्जा मेरुदण्डका रूपमा विकास भइरहेकाले सोही अनुसारको संरचनागत तयारी गर्नुपर्ने उनको भनाइ छ।

2