Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

हिमाली पर्यटकीय क्षेत्रमा लुङ्दरको आकर्षण बढ्दै

हिमाली पर्यटकीय क्षेत्रमा लुङ्दरको आकर्षण बढ्दै
A A+ A-

फुङलिङ। केही समयअघिसम्म स्तुपा, गुम्बा र बौद्धमार्गीका घरमा मात्र सीमित लुङ्दर पछिल्लो समय ताप्लेजुङका विभिन्न पर्यटकीय क्षेत्रमा देखिन थालेको छ। रंगीचंगी कपडामा बौद्ध धर्मका मन्त्र र धार्मिक प्रतीक अंकित लुङ्दर हावामा फहराउँदा धार्मिक आस्थाका साथै पर्यटकीय क्षेत्रको सौन्दर्यसमेत बढेको छ।

मिक्वाखोला गाउँपालिका-५ पापुङका नुपु छिरिङ शेर्पाका अनुसार शेर्पा समुदायमा परिवार तथा छिमेकीको सुख, शान्ति र समृद्धिको कामना गर्दै विभिन्न स्थानमा लुङ्दर राख्ने परम्परा छ। धार्मिक विश्वासअनुसार लुङ्दर हावामा जति धेरै फहराउँछ, त्यति नै शुभ मानिन्छ। हावामा फहरिँदा उत्पन्न हुने तरंगमार्फत लुङ्दरमा लेखिएका प्रार्थना भगवान्सम्म पुग्ने विश्वास गरिन्छ।

पापुङकै सन्तोष शेर्पाका अनुसार लुङ्दरको प्रयोग अहिले धार्मिक स्थलमा मात्र सीमित छैन। सवारीसाधन, होटल तथा रेष्टुरेन्टलगायतका क्षेत्रमा समेत यसको प्रयोग बढ्दै गएको छ। धार्मिक आस्थासँगै आकर्षक रङ र स्वरूपका कारण पर्यटकीय क्षेत्रमा लुङ्दरले छुट्टै आकर्षण थपेको उनले बताए।

फुङलिङकी करुणा तामाङका अनुसार तामाङ समुदायमा नयाँ वर्ष वा नयाँ समयको सुरुवातमा पुरानो लुङ्दर परिवर्तन गरी नयाँ राख्ने चलन छ। विगतका नकारात्मक घटना तथा सोचलाई त्यागेर नयाँ सुरुवातको प्रतीकका रूपमा समेत लुङ्दर राख्ने गरिएको छ।

त्यस्तै, फुङलिङका मानबहादुर गुरुङका अनुसार जन्म, उत्सव, विवाह तथा मृत्यु संस्कारजस्ता शुभकार्यमा समेत लुङ्दर प्रयोग गर्ने परम्परा छ। पछिल्लो समय सार्वजनिक चाडपर्व, धार्मिक तथा ऐतिहासिक कार्यक्रममा समेत यसको प्रयोग बढ्दै गएको छ।

हिमाली क्षेत्रका डाँडाकाँडा र पर्यटकीय गन्तव्यमा रंगीचंगी लुङ्दर फहराउँदा पर्यटकको ध्यान समेत आकर्षित हुने गरेको स्थानीय बताउँछन्।

2