काठमाडौं। होण्डाले बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख अमेरिकी डलर सहयोग गरेको छ। कम्पनीका अनुसार गत अगस्ट २६ मा आएको विनाशकारी बाढीबाट पीडित परिवारको सहयोगका लागि उक्त रकम प्रदान गरिएको हो।
होण्डाको एसिया तथा ओसियाना क्षेत्रीय मुख्यालय, एसियन होण्डा मोटर कम्पनी लिमिटेडले थाइ रेडक्रस सोसाइटीमार्फत सो सहयोग उपलब्ध गराएको हो। कम्पनीले बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति समवेदना प्रकट गर्दै उनीहरूको शीघ्र पुनःस्थापनाको कामना गरेको छ।
