Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

दसैँअघि नै बेत्रावतीमा बेलीब्रिज सञ्चालनमा आउने

दसैँअघि नै बेत्रावतीमा बेलीब्रिज सञ्चालनमा आउने
A A+ A-

काठमाडौं। रसुवा र नुवाकोटको सिमानामा पर्ने बेत्रावतीस्थित फलाखुखोलामा नेपाली सेनाको नेतृत्वमा निर्माण भइरहेको बेलीब्रिज दसैँअघि नै सञ्चालनमा आउने भएको छ। गत भदौमा आएको बाढीले पक्की पुल बगाएपछि अवरुद्ध भएको पासाङल्हामु मार्गमा यातायात सुचारु गर्ने उद्देश्यले यो पुल निर्माण गर्न लागिएको हो।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार गल्छी-मैलुङ-स्याफ्रुबेँसी सडक सुधार आयोजनामार्फत आगलीटार-बेत्रावती सडकखण्ड सञ्चालनमा आएसँगै निर्माण सामग्री ढुवानी गर्न सहज भएको छ। बेलीब्रिज जडानका लागि आवश्यक सबै सामग्री निर्माणस्थलमा पुर्‍याइसकिएको छ। प्रवक्ता बस्नेतले भने, ‘बाढी प्रभावित जनतालाई राहत दिने सरकारी नीति तथा कार्यक्रमलाई मूर्तरूप दिन बडादसैँअघि नै बेलीब्रिज जडान गरी सवारीसाधन सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको छ।’

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले बेत्रावती बजार क्षेत्रमा क्षति पुर्‍याउनुका साथै फलाखुखोलामा रहेका दुवै पक्की पुल बगाएको थियो। यसले गर्दा काठमाडौँ-नुवाकोट हुँदै रसुवासम्मको सडक यातायात पूर्ण रूपमा प्रभावित भएको छ। पुल नहुँदा रसुवाको उत्तरी र दक्षिणी क्षेत्रबीचको आवागमन, दैनिक उपभोग्य वस्तुको आपूर्ति र अत्यावश्यक सेवामा समस्या देखिएको छ।

संविधानसभा सदस्य छोवाङ तेन्जिङ तामाङले दसैँअघि नै पुल निर्माण सम्पन्न भएमा सर्वसाधारणलाई आवतजावत गर्न र काठमाडौँसँगको सडक सम्पर्क पुनःस्थापित गर्न ठूलो राहत मिल्ने बताए। उनले बाढीपछिको उद्धार तथा सडक सञ्चालनमा नेपाली सेनाले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका छन्। पुल निर्माण सम्पन्न भएसँगै राजधानी काठमाडौँसँग रसुवाको सडक सम्पर्क पुनः सहज हुने स्थानीयको अपेक्षा छ।

2