Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

सस्तो र कम स्पीडका इन्टरनेट प्याकेज बन्द गर्ने तयारी

सस्तो र कम स्पीडका इन्टरनेट प्याकेज बन्द गर्ने तयारी
A A+ A-

काठमाडौं। इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरूले बढ्दो सञ्चालन लागतलाई कारण देखाउँदै सस्तो मूल्यका र कम स्पीडका इन्टरनेट प्याकेज बन्द गर्ने घोषणा गरेका छन्। यो निर्णय आगामी असोज १९ गते सोमबारदेखि लागू हुनेछ।

आईएसपीहरूका अध्यक्ष सुधीर पराजुलीद्वारा जारी विज्ञप्तिमा पछिल्लो समय बढेको महँगी, मध्यपूर्वको तनावका कारण इन्धनमा भएको मूल्यवृद्धि तथा फाइबर, इलेक्ट्रोनिक सामग्री र चिपसेटको मूल्यमा भएको वृद्धिका कारण सेवा सञ्चालनमा कठिनाइ भएको उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, उच्च मुद्रास्फीति र एआई प्रविधिको तीव्र विकासले गर्दा लागत बढेको हो।

सेवा प्रदायकहरूले कोरोना महामारीदेखि भोटेकोशीको बाढीसम्मका कठिन समयमा पनि निरन्तर सेवा उपलब्ध गराउँदै आएको स्मरण गराएका छन्। नेपालमा फिक्स्ड ब्रोडब्यान्डको पहुँच दक्षिण एसियामै उच्च रहेको र विश्वकै सस्तो इन्टरनेट सेवामध्ये एक रहेको दाबी गर्दै उनीहरूले आगामी दिनमा पनि गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएका छन्।

यसैबीच, नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत दररेट आफ्नो वेबसाइटमा स्पष्ट रूपमा राख्न र ग्राहकहरूलाई अनिवार्य रूपमा भ्याट बिल उपलब्ध गराउन निर्देशन दिएको छ।

2