Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
A A+ A-

काठमाडौं। चितवनका मौरीपालक किसान मौरीको बिमा गर्न इच्छुक भए पनि बिमा कम्पनीका कडा सर्त र झन्झटिलो प्रक्रियाका कारण समस्यामा परेका छन्। कालिका नगरपालिका-६ का किसान जगबहादुर पुनका अनुसार बिमाले मौरीपालनमा आइपर्ने सबै प्रकारका जोखिम नसमेट्ने भएकाले किसानहरू बिमा गर्न हिचकिचाइरहेका छन्। विषादीको प्रयोग, दुर्घटना वा अन्य कारणले मौरी मर्दा बिमा दाबी भुक्तानी नपाउने अवस्था रहेको उनले बताए।

अर्का किसान विष्णुप्रसाद भुसालले बैंकबाट ऋण लिएका बाहेक अन्य किसानको बिमा गर्न कम्पनीहरूले आनाकानी गर्ने गरेको गुनासो गरे। विसं २०८० मा आफ्नो ११० घार मौरी मर्दा कम्पनीले जम्मा ६ घारको मात्र भुक्तानी दिएको र त्यसका लागि पनि छ महिना कुर्नुपरेको उनको अनुभव छ। बिमा गरिसकेका किसानले पनि दाबी भुक्तानी पाउन निकै कठिनाइ भोग्नुपरेको किसानहरूको भनाइ छ।

कृषि विकास कार्यालय, चितवनका प्रमुख झलकनाथ कँडेलका अनुसार सरकारले मौरी बिमामा ८० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ। तर, प्रक्रियागत जटिलता र जानकारीको अभावका कारण किसानको सहभागिता न्यून छ। चितवनमा हाल ४५० किसानले करिब १९ हजार ५०० घार मेलिफेरा जातको मौरी पाल्दै आएका छन्। बागमती प्रदेशको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयका सचिव सुधीर श्रेष्ठले भने बिमा प्रक्रियालाई सहज बनाउन प्रदेश सरकार सहजीकरण गर्न तयार रहेको जनाएका छन्।

2