Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

हिउँ छिचोल्दै जोमसोम आइपुगे डोल्पाका भेडाच्याङ्ग्रा

हिउँ छिचोल्दै जोमसोम आइपुगे डोल्पाका भेडाच्याङ्ग्रा
A A+ A-

काठमाडौं। दसैँ नजिकिएसँगै मुस्ताङमा भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल सुरु भएको छ। यसै क्रममा माथिल्लो डोल्पाबाट एक हजारभन्दा बढी भेडाच्याङ्ग्रा लिएर व्यापारी जोमसोम आइपुगेका छन्।

डोल्पाका व्यापारी शेरबहादुर रोकाया आफ्नो पाँच सदस्यीय टोलीसहित असोज ९ गते डोल्पो बुद्ध गाउँपालिकाबाट प्रस्थान गरेका थिए। भारी हिमपात र कठिन पदमार्ग छिचोल्दै रोकायाको टोली असोज १७ गते साँझ जोमसोम आइपुगेको हो। विगत ३० वर्षदेखि च्याङ्ग्राको व्यापार गर्दै आएका रोकायाले यसपटकको यात्रा निकै जोखिमपूर्ण रहेको बताए।

हाल ती भेडाच्याङ्ग्रा घरपझोङ गाउँपालिकास्थित सार्वजनिक मैदानमा राखिएका छन्। नेपाल-चीन सीमा क्षेत्रमा लाग्ने चोङ्ग्रा मेला बन्द भएकाले यस वर्ष व्यापारीहरूले डोल्पो बुद्ध, से-फोक्सुन्डो र छार्काताङसोङ गाउँपालिकाका किसानहरूबाट च्याङ्ग्रा खरिद गरेका हुन्।

यस वर्ष डोल्पाबाट करिब आठ हजार भेडाच्याङ्ग्रा जोमसोम ल्याउने तयारी छ। गत वर्ष ११ हजारभन्दा बढी च्याङ्ग्रा ल्याइएकोमा यस वर्ष संख्या केही घटेको छ। बाढीपहिरोका कारण सडक र पदमार्ग अवरुद्ध भएमा च्याङ्ग्रा पोखरासम्म पुर्‍याउन समस्या हुने व्यापारीहरूको चिन्ता छ। रोकायाले आफ्नो सम्पूर्ण लगानी च्याङ्ग्रामा रहेको बताउँदै दसैँपछि डोल्पा फर्कने बाटो सहज बनाइदिन सरकारसँग आग्रह गरेका छन्। उपल्लो मुस्ताङबाट पनि भेडाच्याङ्ग्राका बथान शनिबारसम्म जोमसोम आइपुग्ने अनुमान गरिएको छ।

2