Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

‘लगानी सुरक्षाको जिम्मा सरकारको’

‘लगानी सुरक्षाको जिम्मा सरकारको’
अ+ अ-

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालमा हुने स्वदेशी तथा विदेशी लगानीको सुरक्षाको जिम्मा सरकारले लिने बताउनुभएको छ । चीनको राजधानी बेइजिङमा आयोजित ट्रेड फेस्टलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

बेइजिङमा रहेका नेपाली समुदायलाई स्वदेशमा ऊर्जालगायतका प्रतिफलयुक्त क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । नेपालमा जलस्रोतको अपार सम्भावना रहेको उल्लेख गर्दै उहाँले ऊर्जा क्षेत्रमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

“जो जहाँ भए पनि नेपालीको माया नेपालमै हुन्छ । सरकारले लगानीको वातावरण निर्माण गरिसकेको छ,” उहाँले भन्नुभयो, “अब हामी सबै मिलेर देशको विकासमा जुट्नु पर्छ ।”

मन्त्री खड्काले सरकारले सन् २०३५ सम्ममा २८ हजार पाँच सय मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य राखेको र सोमध्ये १५ हजार मेगावाट भारतलगायत तेस्रो मुलुकमा निर्यात गरिने सुनिश्चित भइसकेको जानकारी दिनुभयो । नेपालले बङ्गलादेशलाई अहिले ४० मेगावाट विद्युत् बिक्री गरिरहेको र आउँदा वर्षमा सो परिमाण बढाएर पाँच हजार मेगावाट पु¥याउने समझदारी भएको समेत बताउनुभयो ।

संसद्मा छलफलका क्रममा रहेको विद्युत् विधेयक चाँडै पारित गराउने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री खड्काले नीतिगत अस्पष्टता हटाएर लगानीमैत्री वातावरण सिर्जना गर्न लागेको प्रस्ट पार्नुभयो । उहाँले ऊर्जा विकास मार्गचित्र–२०८१ मार्फत ऊर्जा क्षेत्रमार्फत मुलुकको विकासका लागि सरकार स्पष्ट नीति र कार्ययोजनासहित अघि बढिरहेको धारणा राख्नुभयो ।

भेटका क्रममा नेपाली समुदायका प्रतिनिधिले विगतका अनुभवलाई स्मरण गर्दै सरकारले लगानी सुरक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।

2