Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

तिहारमा विद्युत् आपूर्ति सहज हुने प्राधिकरणको दाबी

तिहारमा विद्युत् आपूर्ति सहज हुने प्राधिकरणको दाबी
A A+ A-

काठमाडौं: तिहारको लक्ष्मीपूजाका दिन विद्युत्को माग उच्च हुने भए पनि नेपाल विद्युत् प्राधिकरणले लोड व्यवस्थापनको सम्पूर्ण तयारी पूरा गरेको छ। हालैको बाढी र पहिरोले ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिरिए पनि तिहारमा विद्युत् आपूर्तिमा कुनै समस्या नआउने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार चाडपर्वका समयमा ठूला उद्योग र कलकारखाना बन्द रहने भएकाले घरायसी प्रयोजनका लागि बढेको मागलाई सजिलै धान्न सकिन्छ। अहिलेको मौसममा एसी र हिटरजस्ता बढी विद्युत् खपत गर्ने उपकरणको प्रयोग कम हुने भएकाले माग र आपूर्तिको सन्तुलन सहज हुने प्राधिकरणको भनाइ छ। लक्ष्मीपूजाका दिन राष्ट्रिय विद्युत् माग १ हजार ६०० मेगावाटको हाराहारीमा रहने प्रक्षेपण गरिएको छ।

प्राधिकरणले सम्भावित प्राविधिक समस्यालाई मध्यनजर गर्दै देशभरका सबस्टेसन, ट्रान्सफर्मर र तारहरूको मर्मतसम्भार कार्यलाई तीव्रता दिएको छ। मर्मत टोली र प्राविधिकहरूलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिएको छ। हाल आन्तरिक उत्पादन ३ हजार १०० देखि ३ हजार २०० मेगावाटको हाराहारीमा रहेको छ। आन्तरिक खपतभन्दा उत्पादन बढी हुने भएकाले लक्ष्मीपूजाका दिन ८०० देखि ९०० मेगावाट विद्युत् बचत हुने र सो बिजुली भारत निर्यात गर्न सकिने प्राधिकरणले जनाएको छ। कम्तीमा अर्को एक महिनासम्म नेपालले बाहिरबाट बिजुली आयात गर्नुपर्ने अवस्था नरहेको श्रेष्ठले जानकारी दिए।

विगतमा लक्ष्मीपूजाका दिन लोडसेडिङको समस्या हुने गरेकोमा २०७३ सालबाट काठमाडौं उपत्यका र २०७५ सालबाट देशभर लोडसेडिङ अन्त्य गरिएको थियो। सोही कुशलतालाई निरन्तरता दिँदै यस वर्ष पनि झ्याप्प-झ्याप्प बत्ती जाने समस्या हुन नदिने प्राधिकरणले प्रतिबद्धता जनाएको छ।

2