Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

चौध टन प्रशोधित अदुवा जर्मनी निर्यात

चौध टन प्रशोधित अदुवा जर्मनी निर्यात
अ+ अ-

पाल्पा- गल्धा सामाजिक उद्यमी महिला सहकारीले साढे १४ टन प्रशोधित अदुवा जर्मनी निर्यात गरेको छ । तीन वर्षदेखि अदुवा निर्यात गर्दै आएको सहकारीले यस वर्ष १४ हजार ५६० किलोग्राम सुकेको अदुवाको चाना निकासी गरेको हो ।

सहकारीका व्यवस्थापक डिलमाया सारूले प्रतिकेजी ४९३ रुपियाँ ९० पैसाको दरले ७१ लाख ९१ हजार १८४ रुपियाँ बराबरको प्रशोधित अदुवा निर्यात गरिएको जानकारी दिनुभयो । निस्दी गाउँपालिका–५, गल्धाका २७२ कृषकले उत्पादन गरेको अदुवा अर्गानिक प्रमाणित गरेर प्रशोधन गरी अकिस्टा नेपालसँगको साझेदारीमा जर्मनी पठाएको हो । प्रशोधनका लागि सहकारीले ५६ लाख दुई हजार ३८० बराबरको अदुवा प्रतिकेजी ६० रुपियाँमा ९३ हजार ३७३ केजी अदुवा खरिद गरेको थियो ।

सहकारीले यस वर्ष जुस प्रयोजनका लागि आठ हजार ६९० केजी काँचो अदुवासमेत निर्यात गरेको छ । उहाँले भन्नुभयो, “जुसका लागि २० हजार केजी काँचो अदुवासँगै प्रशोधित सुकेको चानाको माग आए पनि माग अनुसार पूरा गर्न सकिएन ।”

सहकारीले ४२ रोपनीमा बोसे अदुवा लगाएको थियो । सहकारीका अध्यक्ष अममाया मश्राङ्गीले अदुवा राम्रो नफलेको र अर्गानिक प्रमाणित भएको अदुवा कम भएकाले मागभन्दा कम निकासी भएको बताउनुभयो । अदुवा प्रशोधन गरी युरोप निर्यात हुन थालेपछि कृषक उत्साहित भएको उहाँको भनाइ छ ।

उहाँले जर्मनीको सेरेस कम्पनीले किसानसम्म पुगेर अर्गानिक प्रमाणित गरेपछि मात्र अदुवा जर्मनी निकासी गर्दै आएको बताउनुभयो । गल्धामा अहिले नौ सय रोपनी क्षेत्रफलमा अदुवा उत्पादन हुँदै आएको छ । कृषकलाई अदुवा लगाउनदेखि प्रशोधन गर्नसम्म हेफर इन्टरनेसनल नेपालले आर्थिक र प्राविधिक सहयोग गर्दै आएको छ । सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा अदुवा धुने, चाना पार्ने, सुकाउने, पिस्ने, प्याकेजिङ गर्ने सामग्री जुटाएर सहकारीले अदुवा प्रशोधन गर्दै आएको छ ।

2