Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

एक महिनापछि चल्यो च्याममा फोरजी सेवा

एक महिनापछि चल्यो च्याममा फोरजी सेवा
A A+ A-

हुम्ला। नेपाल टेलिकमको अवरुद्ध फोरजी सेवा सञ्चालनमा आएको छ।

हुम्लाको अदानचुली गाउँपालिका–५ च्याममा एक महिनादेखि फोरजी सेवा बन्द थियो। स्थानीय निकायको निरन्तर प्रयासपछि सोमबारदेखि फोरजी सेवा पुनःसञ्चालनमा आएको वडा नं ५ का वडा सदस्य सिंह बोहराले बताए।

टावर सञ्चालनका लागि एक सातादेखि निरन्तर मर्मतको प्रयास भइरहेको थियो। नेपाल टेलिकमका इन्जिनियर वीरेन्द्र खत्रीको टोलीले निरन्तर मर्मत गरी प्राविधिक समस्या समाधान गरेको हो।

च्याममा राखिएको टावरमा समस्या नभए पनि मुगुको सोरुमा राखिएको टावर डाउन हुँदा कनेक्सन अवरुद्ध भएको र प्राविधिक टोली सोरुमा गई टावर मर्मत गरेपछि सेवा सञ्चालनमा आएको प्राविधिक प्रेम रोकायाले बताए।

टावर बन्द हुँदा च्यामलगायत आसपासका नागरिक लामो समयसम्म मोबाइल तथा इन्टरनेट सेवाबाट प्रभावित भएका थिए। आपत्कालीन अवस्थामा फोन सम्पर्क गर्नसमेत समस्या हुँदै आएको स्थानीयको गुनासो थियो।

यसअघि नेपाल टेलिकम हुम्लाका सूचना अधिकारी रामबहादुर बोहोराले टावरमा आवश्यक सामग्री तथा प्राविधिक समस्याका कारण मर्मतमा ढिलाइ भएको बताएको थियो।

यसअघि सुर्खेतबाट प्राविधिक टोली आएर टावरको अवस्था हेरे पनि आवश्यक सामग्री नपुगेपछि मर्मत पूरा नगरी फर्किएको थियो।

लामो समयपछि फोरजी सेवा पुनःसञ्चालनमा आएपछि स्थानीयले राहत महसुस गरेका छन्।

2