Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

विपद्बाट पूर्वाधारमा २ खर्ब २७ अर्बको क्षति: सचिव मैनाली

विपद्बाट पूर्वाधारमा २ खर्ब २७ अर्बको क्षति: सचिव मैनाली
फाइल फोटो
A A+ A-

काठमाडौं। पछिल्लो समय मुलुकमा गएको बाढी, पहिरो र जलवायुजन्य विपद्का कारण पूर्वाधार संरचनामा २ खर्ब २७ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति पुगेको छ।

पूर्वाधार विकास मन्त्रालयका सचिव पद्मकुमार मैनालीले संसदीय विशेष समितिको बैठकमा सो जानकारी गराएका हुन्।

सिंहदरबारमा आयोजित ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्’सम्बन्धी बैठकमा सचिव मैनालीले विपद्बाट भएको क्षतिको विस्तृत विवरण प्रस्तुत गर्दै तत्काल पुनर्निर्माणका लागि ६३ अर्ब रुपैयाँ आवश्यक रहेको बताए।

सबैभन्दा बढी क्षति आवास क्षेत्रमा देखिएको छ। सचिव मैनालीका अनुसार ७ हजार ५७० निजी र ४८ वटा सार्वजनिक भवन गरी कुल १ खर्ब ३ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको छ। यसैगरी खानेपानी तथा सरसफाइ क्षेत्रमा ८७ अर्ब ८७ करोड, सडक सञ्जालमा २० अर्ब, मोटरेबल पुलमा १३ अर्ब ८० करोड र झोलुङ्गे पुलमा २ अर्ब ६५ करोड रुपैयाँको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ।

सचिव मैनालीले भने, “पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको प्रारम्भिक मूल्याङ्कनअनुसार भवन, सडक, मोटरेबल तथा झोलुङ्गे पुल र खानेपानी क्षेत्रमा गरी करिब २ खर्ब २७ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान छ। यो प्रारम्भिक तथ्याङ्क हो र पीडीएनएपछि यकिन विवरण आउनेछ।”

मन्त्रालयले सडक सञ्जालको पुनःस्थापनालाई प्राथमिकतामा राखेको छ। भोटेकोशी तथा त्रिशूली करिडोरमा अवरुद्ध सडक तथा बेलीब्रिज निर्माणको काम भइरहेको छ। रसुवागढीसम्म सडक सम्पर्क पुनःस्थापित गर्ने कार्य अघि बढेको र क्षतिग्रस्त २० वटा झोलुङ्गे पुलमध्ये १२ वटा मर्मत भइसकेको उनले जानकारी दिए।

सरकारले पीडितहरूका लागि तत्काल करिब ३०० वटा अस्थायी आवास निर्माण गर्ने योजना बनाएको छ। मन्त्रालयले समग्र पुनर्निर्माणका लागि ६३ अर्ब रुपैयाँ बजेट माग गरेको छ।

2