काठमाडौं। दशैं तथा तिहारका लागि असोज २३ गतेबाट अग्रिम टिकट बुकिङ खुलाउने निर्णय भएको छ।
यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीहरूबीच आज भएको छलफलले सो निर्णय गरेको हो।
चाडपर्वका समयमा घर जाने यात्रुहरूको चापलाई मध्यनजर गर्दै यो निर्णय लिइएको हो।
