Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

भोटेकोशी बाढी पीडितलाई प्रतिपरिवार १ लाख रुपैयाँ सहयोग

भोटेकोशी बाढी पीडितलाई प्रतिपरिवार १ लाख रुपैयाँ सहयोग
A A+ A-

काठमाडौं। नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) का महासचिव जगन चापागाईँले बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा सो घोषणा गरेका हुन्।

नेपाल रेडक्रसले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको सहकार्यमा ‘समुन्नति कार्यक्रम’ मार्फत सो नगद प्रदान गर्ने जनाएको छ।

मङ्गलबार मन्त्रालयका कार्यवाहक सचिव चक्रबहादुर बुढा र नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीबीच यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सम्झौताअनुसार बाढीबाट प्रभावित परिवारलाई प्रतिपरिवार रु १ लाखका दरले नगद सहायता उपलब्ध गराइनेछ। नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषिरमण खनालका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त तथ्याङ्कका आधारमा लाभग्राही पहिचान गरी उनीहरूको बैंक खातामा रकम जम्मा गरिनेछ। बाढीबाट झन्डै ६ हजार परिवार प्रभावित भएको प्रारम्भिक अनुमान छ।

नगद सहायता वितरणमा महिला नेतृत्व भएका परिवार, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, सीमान्तकृत समुदाय तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई प्राथमिकता दिइनेछ। प्राप्त रकम प्रभावित परिवारले खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सामग्री र जीविकोपार्जनका लागि प्रयोग गर्न सक्नेछन्।

मन्त्रालयले नीतिगत निर्देशन र अनुगमन गर्नेछ भने स्थानीय तहले लाभग्राहीको पहिचान र प्रमाणीकरणमा सहयोग गर्नेछ। रेडक्रसले नगद वितरण, समुदायसँगको समन्वय र अनुगमनको कार्य गर्नेछ।

गत भदौ १० गतेको बाढीपछि रेडक्रसले मानवीय सहायताका कार्यहरू निरन्तर गर्दै आएको छ। आगामी तीन महिनाका लागि बहुउद्देश्यीय नगद सहायता, आवास, खानेपानी, सरसफाइ र मानसिक स्वास्थ्यलगायतका क्षेत्रमा सहयोग जारी रहने सोसाइटीले जनाएको छ।

2