Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

महँगा र उच्च प्रविधियुक्त गाडीको मर्मत लागत बढ्दा एसिया प्रशान्त क्षेत्रका बीमकहरु दबाबमा

महँगा र उच्च प्रविधियुक्त गाडीको मर्मत लागत बढ्दा एसिया प्रशान्त क्षेत्रका बीमकहरु दबाबमा
A A+ A-

काठमाडौं – एसिया–प्रशान्त क्षेत्रमा बढ्दो सडक दुर्घटना र महँगा र उच्च प्रविधियुक्त गाडीको मर्मत लागत बढ्दा बीमा कम्पनीहरु दबाबमा परेका छन्।

अस्ट्रेलिया, जापान र दक्षिण कोरियामा उच्च प्रविधि कार र अनुपलब्ध पार्टपुर्जासँग सम्बन्धित महँगो मर्मतका लागि बढ्दो बीमा दाबीसँग बीमकहरु जुधिरहेका छन्। स्विस रिको एसिया प्रशान्त क्षेत्रका लागि दुर्घटना अन्डरराइटिङ प्रमुख लरेल हुले भारत, इन्डोनेसिया र भियतनामजस्ता उदीयमान बजारमा दुर्घटनाको उच्च आवृत्ति, सहरी भीड र अपर्याप्त मर्मत पूर्वाधारका कारण पनि बीमा दाबी बढिरहेको बताइन्। इन्स्योरेन्स एसियालाई मेलमा जबाफ पठाउँदै हुले कम तर स्थिर नाफा भएको प्रतिस्पर्धी बजारमा मोटर बीमाकर्ताका लागि मूल्य निर्धारण एउटा प्रमुख चुनौती बनेको बताइन्। गाडी बीमाले २.२ ट्रियलन डलरको विश्वव्यापी सम्पत्ति र दुर्घटना बीमा बजारको ४० प्रतिशत ओगटेको छ।

यी चुनौतीका बाबजुद कडा नियमनले बीमकहरुलाई गाडी बीमाको प्रिमियम बढाउन कठिन भइरहेको छ। ‘आर्थिक सुधारको बीचमा यात्रा र कारको प्रयोगमा वृद्धिले सडक दुर्घटनाको सम्भावना बढाइरहेको छ। विचलित ड्राइभिङ र बढ्दो सडक गति, विशेषगरी महामारीपछिको सन्दर्भमा अझ गम्भीर दुर्घटनाहरु निम्त्याउँदैछ’, हुले भनिन्, ‘यदि सडकहरु स्तरोन्नति गरिएन वा सुरक्षित प्रविधि अपनाइएन भने बीमा दाबीहरु अझै उच्च रहने सम्भावना छ।’

म्याककिन्से एन्ड कम्पनीका साझेदार अंगत सन्धुले बढ्दो बीमा दाबीहरु आपूर्ति शृंखलामा अनुपलब्ध पार्टपुर्जा र उच्च प्रविधिको मेकानिक्सले बढावा दिइरहेको बताए। ‘इलेक्ट्रिक सवारीसाधन (ईभी) ब्याट्री मर्मत महँगो छ, जसले गर्दा धेरै बीमकतले तिनीहरुलाई घाटाको व्यापार घोषणा गर्छन्’, उनले भने, ‘मर्मतको लागत र समय पनि आपूर्तिसँग मेल खाँदैन।’

ग्लोबलडेटाका अनुसार ईभीकै कारण यस वर्ष गाडी बीमा बिक्रीमा ५.६ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ। ‘बीमकहरुले नयाँ जोखिमहरु सहितका ईभीहरुलाई समेट्न नयाँ पोलिसीहरु विकास गरिरहेका छन्। किनकि सन् २०२३–२०२४ मा ईभीको बिक्री उल्लेखनीय रुपमा बढेको छ’ ग्लोबलडेटाको प्रतिवेदनमा भनिएको छ, ‘सन् २०२५ र त्यसपछि थप वृद्धि हुने अपेक्षा गरिएको छ।’

राज्य अनुदान र कार्बन न्यूनीकरण नीतिहरुले विद्युतीय सवारीसाधनको बिक्री र मोटर बीमाको मागलाई अझ बढाउने ग्लोबलडेटाले अपेक्षा छ। बीमकहरुले अब मोटर बीमा दाबीहरुको राम्रो मूल्यांकन गर्न आफ्नै धोखाधडी पत्ता लगाउने प्रणाली निर्माण गर्ने वा प्राविधिक प्रदायकहरुसँग साझेदारी गर्ने भन्नेबारे विचार गरिरहेका छन्।

2