Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद
A A+ A-

काठमाडौं। वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि भोजपुरको अरुण गाउँपालिका-७ ढुङ्गेका लक्ष्मीप्रसाद अधिकारी उदाहरण बनेका छन्।

करिब छ वर्ष मलेसियामा रोजगारी गरेर फर्किएका अधिकारीले पाँच वर्षअघि गाउँमै व्यावसायिक बाख्रापालन सुरु गरेका हुन्।

अधिकारीले बाख्रापालनबाट वार्षिक करिब एक लाख ५० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। उनले विदेशमा कमाएको पुँजी, सिकेको सीप र अनुभवलाई आफ्नै गाउँमा उपयोग गर्ने सोचका साथ यो व्यवसाय सुरु गरेका हुन्। “विदेशमा गएर काम गर्नुभन्दा आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्ने सोचले बाख्रापालन सुरु गरेको हुँ”, उनले भने, “मिहिनेत गर्ने हो भने गाउँमै पनि आम्दानीको राम्रो आधार बनाउन सकिन्छ।”

स्थानीय वातावरण बाख्रापालनका लागि अनुकूल रहेको र घाँस तथा चरनको सुविधा रहेकाले व्यवसायलाई निरन्तरता दिन सहज भएको अधिकारीले बताए। उनले बाख्रापालनबाट उत्पादन भएको गोठेमलको सदुपयोग गर्दै आँप, लिची र एभोकाडो लगायतका फलफूल खेतीसमेत गरिरहेका छन्।

अरुण गाउँपालिका-७ का वडाध्यक्ष कुमार थापाका अनुसार वडाले स्थानीय भूगोल र सम्भावनालाई मध्यनजर गर्दै कृषि तथा पशुपालनलाई प्राथमिकता दिइरहेको छ। वडाले व्यावसायिक किसानलाई तालिम, औजार तथा उपकरणमा सहयोग गर्दै आएको छ।

“स्थानीयस्तरमा उपलब्ध स्रोतसाधनको उपयोग गरेर किसानलाई उत्पादनसँग जोड्ने प्रयास भइरहेको छ”, वडाध्यक्ष थापाले भने, “विशेषगरी वैदेशिक रोजगारीबाट फर्किएका युवालाई गाउँमै उद्यम गर्न प्रेरित गर्न सके रोजगारी र आम्दानीका अवसर बढाउन सकिन्छ।”

स्थानीय बासिन्दाका अनुसार स्वदेशमै कृषि तथा पशुपालनको सम्भावना रहेकाले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई व्यावसायिक उत्पादनमा जोड्न सके गाउँको अर्थतन्त्रमा सकारात्मक योगदान पुग्नेछ।

2