Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

काठमाडौँका ६ स्थानमा आजदेखि एक सातासम्म ग्यास बिक्री

काठमाडौँका ६ स्थानमा आजदेखि एक सातासम्म ग्यास बिक्री
A A+ A-

काठमाडौं। काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने ग्यासको अभावलाई कम गर्न आजदेखि ६ स्थानबाट ग्यास बिक्री सुरु गरिएको छ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अनुसार असोज २५ गतेदेखि ३१ गतेसम्मका लागि यो व्यवस्था मिलाइएको हो।

सङ्घका अध्यक्ष दिवान चन्दले नेपाल आयल निगमको समन्वय र ग्यास बिक्रेता महासङ्घको सहकार्यमा ग्यास वितरण गर्न लागिएको जानकारी दिए। उपभोक्ताले बिहान साढे ९ बजेदेखि अपराह्न साढे ४ बजेसम्म तोकिएका स्थानबाट ग्यास खरिद गर्न सक्नेछन्। तोकिएका यी स्थानहरूमा ग्यासको सिलिन्डर साटफेर गर्ने सुविधा पनि उपलब्ध गराइएको छ।

सङ्घले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँको सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्सबाट एभरेस्ट र सुगम ग्यास बिक्री हुनेछ।

त्यस्तै पेप्सीकोलाबाट सगर ग्यास र बालाजु औद्योगिक क्षेत्रको गेट अगाडिबाट नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास उपलब्ध हुनेछन्।

यसैगरी सुकेधाराबाट बाबा र श्री ग्यास, कलंकीबाट साइबाबा र श्रीकृष्ण ग्यास तथा ललितपुरको हरिसिद्धिबाट श्रीराम ग्यास बिक्री गरिने भएको छ।

2