काठमाडौं। बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री गाउँपालिका-३ सल्लेरीमा निर्माणाधीन बूढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प बगाएको छ। बाढीले क्याम्पसँगै त्यहाँ राखिएका केही उपकरणसमेत बगाएको छ।
३४१ मेगावाट क्षमताको अर्धजलाशययुक्त उक्त आयोजना निर्माणका लागि सो क्याम्प स्थापना गरिएको थियो। बाढीका कारण आयोजनाका अन्य संरचनामा पुगेको क्षतिको विवरण भने अझै प्राप्त हुन बाँकी छ।
आयोजना निर्माणका लागि कुल ७० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ।
