Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

बाजुरामा चिसो बढेसँगै औल झर्न थाले भेडीगोठ

बाजुरामा चिसो बढेसँगै औल झर्न थाले भेडीगोठ
A A+ A-

बाजुरा। बाजुराको पूर्वी भेगका उच्च लेकमा रहेका भेडीगोठ चिसो बढेसँगै औल झर्न थालेका छन्।

हिमाली क्षेत्रमा तापक्रम घट्न थालेपछि भेडापालक किसानहरूले आफ्ना गोठ औलतर्फ सार्न थालेका हुन्। स्थानीय परम्पराअनुसार जाडो मौसममा न्यानो स्थानमा सार्ने र गर्मीयाम सुरु भएपछि पुनः लेकतिर लैजाने गरिन्छ।

स्थानीय रामबहादुर रोकायाका अनुसार हिउँदको समयमा लेकमा चरिचरन गर्न समस्या हुने भएकाले औलबेँसी झर्नु बाध्यता हो।

उनले भने, “हिउँदको महिना औलबेँसीतिर न्यानो हुने भएकाले त्यहाँ चरिचरन गर्न सहज हुन्छ। चैत वैशाखको महिना फेरि औलबेँसीमा गर्मी हुने भएपछि ती भेडीगोठलाई लेकमै फर्काउने गर्छौं।” रोकायाका अनुसार पहिलेका पुस्ताले दैनिक उपभोग्य सामग्रीको व्यापार गर्ने गरे पनि अहिले यातायातको सुविधासँगै भेडापालनमा मात्र केन्द्रित हुनुपरेको छ।

बुढीनन्दा नगरपालिकाका पशु प्राविधिक भरतराज जोशीका अनुसार बाजुरामा ६७३ घरपरिवारले करिब ४२ हजार भेडा पाल्दै आएका छन्।

तथ्यांकअनुसार हिमाली गाउँपालिकाका १३८ परिवारले छ हजार, स्वामीकार्तिकका ११५ परिवारले आठ हजार, जगन्नाथका १२० परिवारले सात हजार २९ र बुढीनन्दाका तीन सय परिवारले करिब २० हजार भेडाबाख्रा पालेका छन्।

2