काठमाडौं। सामसङ नेपाल र एनसेलले संयुक्त रूपमा आफ्ना ग्राहकका लागि दशैंको विशेष अफर सार्वजनिक गरेका छन्।
यस सहकार्य अन्तर्गत एनसेलका ग्राहकले छानिएका सामसङका टिभी, रेफ्रिजरेटर र वासिङ मेसिनको खरिदमा थप १२ प्रतिशतसम्म छुट पाउनेछन्।
सामसङको हाल चलिरहेको चाडपर्व अफरसँगै यो छुट जोड्दा ग्राहकले कुल ३१ प्रतिशतसम्मको लाभ लिन सक्ने कम्पनीले जनाएको छ।
यो अफर सामसङको “Smart Upgrade घरमा, Lucky Surprise चाडमा!” अभियान अन्तर्गत ल्याइएको हो। अफरको लाभ लिन चाहने ग्राहकले एनसेल एपको पार्टनर सर्भिसेज खण्डमा गई आफूलाई प्राप्त हुने छुटको विवरण हेर्न सक्नेछन्।
ग्राहकको एनसेल प्याकमा हुने खर्चका आधारमा छुटको दर निर्धारण गरिनेछ। एपबाट अफर कोड प्राप्त गरेपछि ग्राहकले नजिकैको आधिकारिक सामसङ डिलरमार्फत सामान खरिद गर्न सक्नेछन्।
अफर ८ अक्टोबर २०२६ देखि १६ नोभेम्बर २०२६ सम्म लागू हुनेछ। सहभागी डिलर र स्टोरबारे थप जानकारीका लागि ग्राहकले टोल-फ्री नम्बर १६६००१७२६६७ वा ९८०१५७२६६७ मा सम्पर्क गर्न सक्नेछन्। कम्पनीका अनुसार यसमा सर्त तथा नियमहरू लागू हुनेछन्।
