काठमाडौं। नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइडसले नयाँ ब्लु एक्सएसआर १५५ मोटरसाइकल देशभरका २० वटा आधिकारिक शोरुममा उपलब्ध गराएको छ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित नाडा अटो शो तथा यामाहा ब्लु फेस्टमा प्रदर्शन गरिएपछि यो मोटरसाइकल क्षेत्रीय बजारमा विस्तार गरिएको हो। अब ग्राहकहरूले नजिकैको डिलरमा पुगेर मोटरसाइकल अवलोकन गर्न, टेस्ट राइड लिन र बुकिङ गर्न सक्नेछन्।
यामाहा एक्सएसआर १५५ मा १५५ सिसीको लिकुइड-कुल्ड इन्जिन र ६-स्पीड गियरबक्स जडान गरिएको छ। कम्पनीका अनुसार यसमा रहेको भिभीए प्रविधिले दैनिक यात्रा र हाइवे राइडमा उत्कृष्ट माइलेज र पावर प्रदान गर्दछ। यसअघि ब्ल्याक, ग्रे र रेड रंगमा उपलब्ध रहेको यो मोटरसाइकलमा अब ब्लु विकल्प पनि थपिएको छ। यसको मूल्य ५,३४,९०० रुपैयाँ तोकिएको छ।
एमएडब्लू राइडसका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले राइडरहरूबाट प्राप्त सकारात्मक प्रतिक्रिया र नयाँ रंगको मागलाई सम्बोधन गर्न यो कदम चालिएको बताए।
उनले भने, हामीले एक्सएसआर १५५ मा निकै सकारात्मक प्रतिक्रिया पाएका छौँ र राइडरहरूले थप नयाँ रंगका विकल्पहरूको स्पष्ट माग गरिरहनुभएको थियो।
ब्लु एक्सएसआरलाई क्षेत्रीय बजारहरूमा प्रत्यक्ष रूपमा पुर्याउनु हाम्रो लागि एउटा महत्त्वपूर्ण कदम हो। क्षेत्रीय ग्राहकहरू हाम्रो बढ्दो एक्सएसआर समुदायको प्रमुख हिस्सा हुन् र हामी उहाँहरूमाझ थप विकल्प तथा उत्कृष्ट अनुभवहरू सिधै पुर्याउन प्रतिबद्ध छौँ।
कम्पनीका अनुसार यो विस्तारको मुख्य उद्देश्य स्थानीय राइडरहरूसँगको सम्बन्धलाई थप प्रगाढ बनाउनु र एक्सएसआर प्रयोगकर्ताहरूको समुदायलाई देशव्यापी रूपमा विस्तार गर्नु हो।
