काठमाडौं। भक्तपुरको दुवाकोटमा स्थापना गरिएको एभरेस्ट मल्टी स्किल्स प्राइभेट लिमिटेडको औपचारिक उद्घाटन गरिएको छ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आइतबार आयोजित एक समारोहबीच संस्थाको उद्घाटन गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सीपमूलक तालिम तथा दक्ष जनशक्ति उत्पादनको महत्त्वबारे चर्चा गरे। संस्थाले सीप विकास, व्यावसायिक तालिम तथा रोजगारीका अवसर सिर्जनामा योगदान पुर्याउने लक्ष्य राखेको छ।
कार्यक्रममा संस्थाका अध्यक्ष खगेन्द्र न्यौपानेले संस्थाको उद्देश्य तथा आगामी योजनाबारे जानकारी गराएका थिए।
