Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सुक्खा बन्दरगाहको भाडा पौने दुई अर्ब

सुक्खा बन्दरगाहको भाडा पौने दुई अर्ब
अ+ अ-

काठमाडौँ- मुलुुकभर सञ्चालनमा आएका आठ वटा सुक्खा बन्दरगाह (ड्राईपोर्ट) बाट वार्षिक भाडाबापत पौने दुई अर्ब रुपियाँ उठ्ने गरेको छ ।

सरकारले निर्माण गरेका बन्दरगाह निजी क्षेत्रले लिजमा लिएर सञ्चालन र व्यवस्थापन गरिरहेका छन् । बन्दरगाहबाट वार्षिक एक अर्ब ७० करोड रुपियाँ भाडाबापत उठ्ने गरेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । बन्दरगाह भाडामा लगाएको रकम समितिले सङ्कलन गर्दै आएको छ ।

समितिले प्रशासनिक खर्च र आवश्यक परेका बेला पूर्वाधार निर्माण गर्ने र बाँकी रकम अर्थ मन्त्रालयको खातामा जम्मा गर्ने गरेको जनाएको छ । प्रशासनिक खर्चबापत वार्षिक पाँच करोड रुपियाँ खर्च हुने गरेको समितिले जनाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको समितिले विभिन्न स्थानमा बन्दरगाह निर्माण गरी निजी क्षेत्रलाई सञ्चालनको जिम्मा दिँदै आएको छ । मुलुकभर रहेका बन्दरगाह निर्माणसँगै नियमनको काम समितिले गरिरहेको छ भने सञ्चालन र व्यवस्थापनको काम निजी क्षेत्रले गरिरहेको छ ।

हाल वीरगन्जमा दुई वटा सुुक्खा बन्दरगाह, विराटनगरमा १, भैरहवा, तातोपानी, नेपालगन्ज र चोभारमा सुुक्खा बन्दरगाह सञ्चालनमा छन् । थप दुुई वटा बन्दरगाह निर्माणको चरणमा छन् । रसुवाको टिमुुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । चीन सरकारको सहयोगमा निर्माणाधीन रसुवा बन्दरगाह निर्माणको काम ८० प्रतिशत सम्पन्न भएको समितिले जनाएको छ । यस वर्षभित्रमा बन्दरगाहको निर्माण सकिने समितिले जनाएको छ । दुई अर्ब ६० करोड लागतमा सो बन्दरगाह निर्माणधीन छ ।

यस्तै भारत सरकारको सहयोगमा तीन अर्ब ८० करोड भारतीय रुपियाँ लागतमा कञ्चनपुरको दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण प्रक्रिया अघि बढेको कार्यालयले जनाएको छ ।

2