पोखरा: बेन्नेभिस आइसक्रिम पार्लरले पोखराको न्युरोडमा आफ्नो सातौँ आउटलेट सञ्चालनमा ल्याएको छ। घटस्थापनाको अवसर पारेर शनिबार आयोजित एक कार्यक्रमबीच नयाँ शाखाको उद्घाटन गरिएको हो।
उद्घाटन समारोहमा ब्रान्ड एम्बेसडर सरिसा श्रेष्ठका साथै विभिन्न सञ्चारकर्मी र सामाजिक सञ्जालका इन्फ्लुएन्सरहरूको उपस्थिति रहेको थियो।
नयाँ आउटलेट सञ्चालनमा आएको अवसरमा बेन्नेभिसले ग्राहकहरूका लागि विशेष छुटको व्यवस्था गरेको छ। कम्पनीका अनुसार न्युरोडस्थित उक्त शाखामा आइसक्रिमको प्रति स्कुपमा २० प्रतिशत छुट प्रदान गरिनेछ। यो अफर १५ नोभेम्बर २०२६ सम्मका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ। बेन्नेभिसले विभिन्न स्वादका प्रिमियम आइसक्रिमहरू उपलब्ध गराउँदै आएको छ।
