Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

लुम्बिनी प्रदेशमा चाडपर्व लक्षित बजार अनुगमन तीव्र पारिने

लुम्बिनी प्रदेशमा चाडपर्व लक्षित बजार अनुगमन तीव्र पारिने
A A+ A-

बुटवल: लुम्बिनी प्रदेश सरकारले चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमन तीव्र पार्ने निर्णय गरेको छ। दशैँ, तिहार र छठपर्वका अवसरमा उपभोक्तालाई ठगीबाट जोगाउन र बजारमा सहज आपूर्ति व्यवस्था मिलाउन सरकारले यस्तो कदम चालेको हो।

आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायातमन्त्री भण्डारीलाल अहिरको अध्यक्षतामा बसेको बजार नियमन तथा प्रतिस्पर्धा प्रवर्द्धन परिषद्को बैठकले बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य, गुणस्तर र आपूर्ति अवस्थाको नियमित निरीक्षण गर्ने निर्णय गरेको छ। मन्त्रालयका सचिव भरतमणि पाण्डेका अनुसार घरेलु तथा साना उद्योग कार्यालयमार्फत स्थानीय प्रशासन, प्रहरी, स्थानीय तह, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र उपभोक्ता हित संरक्षण मञ्चको सहभागितामा अनुगमन गरिनेछ।

बैठकले सार्वजनिक यातायातमा हुने मनपरी नियन्त्रण गर्न पनि निगरानी बढाउने निर्णय गरेको छ। यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीको समन्वयमा तोकिएभन्दा बढी भाडा असुल्ने तथा सिट क्षमताभन्दा बढी यात्रु राख्ने सवारीसाधनमाथि कारबाही गरिनेछ। यात्रुको चाप हुने स्थानमा सहायता कक्ष स्थापना गरिने र उपभोक्ताका गुनासा सुन्न क्यूआर कोड, टोल फ्री नम्बर तथा हटलाइनको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

प्रदेश सरकारले बजार नियमन तथा प्रतिस्पर्धा प्रवर्द्धन ऐन, २०७७ को प्रभावकारी कार्यान्वयनका लागि नियमावली तर्जुमा गर्ने र प्रदेश अनुगमन समितिलाई तत्काल अनुगमन टोली गठन गरी काम अघि बढाउन निर्देशन दिएको छ। साथै, उपभोक्ता सचेतनाका लागि सूचना सामग्री तयार गर्ने र स्वच्छ प्रतिस्पर्धाका लागि जनचेतना फैलाउने निर्णय पनि बैठकले गरेको छ।

2