काठमाडौं: म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दसैं धमाका २०२६’ अभियानअन्तर्गत तीन जना उपभोक्ताले मोटरसाइकल र स्कुटर जितेका छन्। बनेपाका कुमार राज र धादिङको गल्छीका सञ्जोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन् भने सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन्।
क्यान खोल्दा पुरस्कार जित्न पाउँदा आफूलाई विश्वासै नलागेको धादिङका विजेता सञ्जोग रिमालले बताए। उनले भने, “क्यान खोल्दा यस्तो ठूलो सरप्राइज पाइएला भन्ने सोचेको थिइनँ। पुरस्कार जितेको थाहा पाउँदा एकछिन विश्वासै लागेन। यसपालिको दसैं म्याक्स टाइगरले साँच्चिकै विशेष बनाइदियो।”
ललितपुरको पुल्चोकमा आयोजित कार्यक्रममार्फत सार्वजनिक गरिएको यस अभियानमा १८ जनाले यामाहा एफजेड एफआई मोटरसाइकल, १८ जनाले यामाहा रे जेडआर स्कुटर र एक जनाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जित्ने अवसर पाउनेछन्। कम्पनीका अनुसार अभियान अझै जारी रहेको छ र आगामी दिनमा थप उपभोक्ताले पुरस्कार जित्ने अवसर बाँकी छ। दसैंको अवसरमा उपभोक्तालाई पेय पदार्थसँगै खुसी र रोमाञ्च प्रदान गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको कम्पनीले जनाएको छ।
