Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

सागसब्जी खेतीबाट वार्षिक ९ लाख आम्दानी गर्दै छन्त्याल दम्पती

सागसब्जी खेतीबाट वार्षिक ९ लाख आम्दानी गर्दै छन्त्याल दम्पती
A A+ A-

काठमाडौं: बागलुङका एक दम्पतीले भाडाको जग्गामा व्यावसायिक सागसब्जी खेती गरेर वार्षिक ९ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्। काठेखोला गाउँपालिका-३ धम्जा घर भई हाल बागलुङ नगरपालिका-१ रामरेखामा बसोबास गर्दै आएका कला र गणेश छन्त्यालले विगत छ वर्षदेखि कृषि कर्ममा सक्रिय छन्।

उनीहरूले पाँच रोपनी जग्गा वार्षिक ६० हजार रुपैयाँ भाडामा लिएर मौसमी तथा बेमौसमी सागसब्जी उत्पादन गर्दै आएका छन्। भारतीय सेनाबाट अवकाश लिएपछि गणेशले श्रीमती कलासँग मिलेर ‘छन्त्याल कृषि फर्म’ सञ्चालन गरेका हुन्। फर्ममा पाँच वटा प्लास्टिक टनेल निर्माण गरी काउली, ब्रोकाउली, बन्दा र गोलभेँडालगायतका तरकारी उत्पादन गरिँदै आएको छ।

कला छन्त्यालका अनुसार, तरकारी उत्पादनका अतिरिक्त उनीहरूले विभिन्न सागसब्जीका बिरुवा उत्पादन गरेर पनि बिक्री गर्ने गरेका छन्। विशेष गरी कौसी खेतीका लागि काउली, बन्दा र प्याजका बिरुवाको माग राम्रो रहेको उनले बताइन्। हाल फर्ममा ‘सरिता’ जातको टमाटरसहित विभिन्न तरकारीहरू उत्पादन भइरहेका छन्।

2