काठमाडौं। दसैँ बिदापछि खुलेको नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ११ हजार ७ सय रुपैयाँले घटेर २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ। गत असोज ३० गते सुनको मूल्य प्रतितोला २ लाख ९० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा १ सय ९५ रुपैयाँले घटेर ३ हजार ९५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। दसैँअघि प्रतितोला ४ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

