Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

दसैँमा काठमाडौं उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा बिक्री

दसैँमा काठमाडौं उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा बिक्री
A A+ A-

काठमाडौं । यस वर्षको दसैँमा काठमाडौं उपत्यकामा खसीबोका तथा च्याङ्ग्राको कारोबार घटेको छ। दसैँको एक साताको अवधिमा उपत्यकामा करिब ९७ करोड रुपैयाँ बराबरका ४० हजार खसीबोका तथा च्याङ्ग्रा बिक्री भएका छन्।

चौपाया खरिदबिक्री सङ्घका अनुसार गत वर्ष दसैँमा एक अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। यस वर्ष मागमा कमी आउनु र बजारमा चौपायाको आपूर्ति घट्नुले कारोबार प्रभावित भएको हो।

सङ्घका अध्यक्ष जीवनराज खड्काका अनुसार गत वर्षको तुलनामा यसपालि करिब १५ हजार कम खसीबोका तथा च्याङ्ग्रा बिक्री भएका छन्। गत वर्ष ५५ हजार बिक्री भएकामा यस वर्ष ४० हजारमा सीमित भएको हो। कलङ्कीस्थित खसीबजारमा गत वर्ष २४ हजार खसीबोका बिक्री भएकामा यस वर्ष १७ हजार मात्रै बिक्री भएका छन्। अन्य बजारबाट २३ हजार खसीबोका तथा च्याङ्ग्रा बिक्री भएको सङ्घले जनाएको छ।

मूल्यवृद्धिले घट्यो खपत
व्यवसायीका अनुसार खसीबोकाको मूल्यमा भएको वृद्धि र आपूर्तिमा आएको कमी कारोबार घट्नुका प्रमुख कारण हुन्। भोटेकोशीमा भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारको अवस्था तथा बजारमा बढेको मूल्यले समेत खपतमा असर पारेको अध्यक्ष खड्काले बताए।

यस वर्ष जिउँदो खसीबोकाको मूल्य प्रतिकेजी ८७० देखि ९२० रुपैयाँसम्म पुगेको छ। गत वर्ष यही समयमा प्रतिकेजी ७२० देखि ७५० रुपैयाँसम्ममा बिक्री हुने गरेको थियो।

मूल्य बढेपछि उपभोक्ताले सिङ्गै खसी काट्नेभन्दा दुईदेखि चार केजीसम्म मासु किनेर दसैँ मनाएको व्यवसायीहरूको भनाइ छ। यद्यपि, च्याङ्ग्राको मूल्य भने गत वर्षको तुलनामा घटेको छ। गत वर्ष प्रतिकेजी एक हजार ३०० देखि एक हजार ४०० रुपैयाँसम्म रहेको च्याङ्ग्रा यस वर्ष करिब एक हजार २५० रुपैयाँमा बिक्री भएको छ।

सरकारी बिक्री नहुँदा मूल्य नियन्त्रणमा चुनौती
विगतका वर्षमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि दसैँका लागि खसीबोका बिक्री गर्दै आएको थियो। बजार मूल्य नियन्त्रणमा सहयोग पुर्‍याउन कम्पनीले प्रतिकेजी १० रुपैयाँ छुटमा खसीबोका बिक्री गर्ने गरेको थियो।

तर, यस वर्ष कम्पनीले खसीबोका बिक्री नगर्दा बजारमा मूल्य नियन्त्रण गर्ने प्रभावकारी विकल्प कमजोर भएको व्यवसायीहरूको भनाइ छ।

यसबीच खसीबोकाको मासुको मूल्यसमेत बढेको छ। गत वर्ष प्रतिकेजी एक हजार ५०० रुपैयाँ रहेको मासुको मूल्य यस वर्ष बढेर एक हजार ७०० देखि एक हजार ७५० रुपैयाँसम्म पुगेको छ।

यस वर्ष उपत्यकाको बजारमा स्वदेशी उत्पादनकै खसीबोका तथा च्याङ्ग्रा बिक्री भएका थिए। मुस्ताङबाट च्याङ्ग्रा र देशका विभिन्न जिल्लाबाट खसीबोका ल्याएर बिक्री गरिएको थियो।

स्वास्थ्य परीक्षणपछि मात्रै बिक्री
दसैँका बेला रोगी तथा अस्वस्थ खसीबोका बजारमा भित्रिन सक्ने जोखिमलाई ध्यानमा राख्दै पशु सेवा विभागले काठमाडौं उपत्यकाका विभिन्न १० स्थानमा स्वास्थ्य परीक्षणको व्यवस्था गरेको थियो।

विभागका अनुसार स्वास्थ्य परीक्षणपछि मात्रै खसीबोका बिक्रीका लागि बजारमा पठाइएको थियो। यस व्यवस्थाले दसैँका बेला उपभोक्ताले खरिद गर्ने चौपायाको स्वास्थ्य अवस्था जाँच गर्न सहयोग पुगेको विभागले जनाएको छ।

2