काठमाडौं: रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्म कोषमा १८ अर्ब ९ करोड ३२ लाख ३६ हजार ८५२ रुपैयाँ जम्मा भएको छ। कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौवटा वाणिज्य बैंकमा १३ अर्ब ४८ करोड ४ लाख २९ हजार ६४ रुपैयाँ मौज्दात रहेको छ।
त्यस्तै हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा ३ करोड ४ लाख ९१ हजार ४४४ अमेरिकी डलर जम्मा भएको छ। बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारका लागि सरकारले विभिन्न कोषमार्फत आर्थिक सहयोग संकलन गरिरहेको छ।
