Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

विपत्का बाबजुद विद्युत् निर्यातमा वृद्धि

विपत्का बाबजुद विद्युत् निर्यातमा वृद्धि
A A+ A-

काठमाडौं: भोटेकोशी र बुढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन प्रभावित भए पनि नेपालको विद्युत् निर्यातमा सकारात्मक सुधार देखिएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार असोज महिनामा मात्र भारततर्फ पाँच अर्ब ९२ करोड ५० लाख रुपियाँ बराबरको विद्युत् निर्यात भएको छ।

प्राधिकरणको तथ्याङ्कअनुसार असोजमा कुल ६३ करोड ३९ लाख ८६ हजार आठ युनिट विद्युत् निर्यात भएको हो। यो कारोबार रकम गत वर्षको असोजको तुलनामा ९६ करोड २० लाख रुपियाँले र चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा ८३ करोड २५ लाख रुपियाँले बढी हो। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्र नेपालले १६ अर्ब १५ करोड १३ लाख रुपियाँको विद्युत् निर्यात गरेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बाढीका कारण केही आयोजनाको उत्पादन बन्द भए पनि वैकल्पिक व्यवस्थापनका कारण निर्यातमा प्रगति कायम भएको बताउनुभयो। उहाँका अनुसार निर्यात गरिएको कुल विद्युत्मध्ये करिब दुई तिहाइ द्विपक्षीय सम्झौता र बाँकी भारतीय ऊर्जा विनिमय बजारमार्फत बिक्री गरिएको छ।

यसैबीच, गत कात्तिक ६ गतेदेखि बङ्गलादेशतर्फको ४० मेगावाट विद्युत् निर्यात पुनः सुरु भएको छ। यसअघि भदौ १० गतेको बाढीले त्रिशूली र चिलिमे जलविद्युत् केन्द्रमा क्षति पुर्‍याएपछि निर्यात रोकिएको थियो। हाल त्रिशूली, देवीघाट र चिलिमेको सट्टा सोलु, काबेली-१ र तल्लो मोदी जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् बङ्गलादेश तथा भारतको हरियाणातर्फ निर्यातका लागि स्वीकृति प्राप्त भएको छ।

थप ३१ मेगावाट विद्युत् निर्यातका लागि नयाँ अनुमति प्राप्त भएसँगै भारततर्फ निर्यात गर्न स्वीकृति पाएको कुल क्षमता एक हजार १७९ मेगावाट पुगेको छ। नेपाल र बङ्गलादेशबीच २०८१ असोज १७ गते भएको पाँचवर्षे सम्झौताअनुसार जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट विद्युत् निर्यात हुँदै आएको छ।

2