काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकको सञ्चालक समितिको सोमबार बसेको बैठकले चुक्ता पूँजीको १६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बैंकले सार्वजनिक गरेको जानकारी अनुसार उक्त लाभांशमा कर प्रयोजनका लागि लाग्ने रकमसमेत समावेश छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूलाई वितरण गरिने बैंकले जनाएको छ।
