Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

भोटेकोशी बाढीले घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

भोटेकोशी बाढीले घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग
A A+ A-

काठमाडौँ।रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसाय/प्रतिष्ठानतर्फ ७९ अर्ब १७ करोड बराबरको क्षति भएको छ ।

राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको घरपरिवार तथा प्रतिष्ठानसँग सम्बन्धित सर्वेक्षणको प्रारम्भिक विवरणमा घरपरिवारतर्फ रु ६९ अर्ब ५७ करोड र व्यवसाय/प्रतिष्ठानतर्फ रु नौ अर्ब ६० करोड बराबरको क्षति भएको उल्लेख छ ।

सर्वेक्षणअनुसार आर्थिक क्षतिसम्बन्धी प्रारम्भिक विवरणमा घर भएको जग्गा (आफ्नै स्वामित्वको) अन्तर्गत ५४ दशमलव ६५ हेक्टर क्षेत्रफलमा क्षति पुगेको छ । जसमा घडेरीमा भएको क्षति रु १३ अर्ब २६ करोड र घर निर्माण लागत रु ११ अर्ब ९५ करोडको छ ।

बाढीका कारण तीन हजार ६१० परिवारको स्वामित्वमा रहेको ५०७ दशमलव ९७ हेक्टर क्षेत्रफल जग्गा जमिन अर्थात रु ३५ अर्ब ४४ करोड बराबरको क्षति भएको छ । त्यसैगरी दुई हजार ९५१ परिवारको खेतबारीमा लगाएको बालीमा क्षति पुगेको छ । जुन रु २३ करोड २१ लाख क्षति हो ।

त्यसैगरी एक हजार ८७६ परिवारको भण्डारणमा रहेको खाद्यान्नमा क्षति पुग्दा रु १० करोड ४१ लाख बराबरको क्षति पुगेको छ । पशुपन्छीतर्फ एक हजार ११ परिवारले पालेको रु २१ करोड ४२ लाख बराबरका पशुपन्छीरमाछामा क्षति भएको छ ।

आयोगका अनुसार सवारीसाधनतर्फ एक हजार ११५ परिवारको रु एक अर्ब २४ करोड बराबरको क्षति भएको छ । साथै बहूमूल्य, सांस्कृतिक तथा पुरातात्विक वस्तुतर्फ दुई हजार ३३० परिवारको रु पाँच अर्ब दुई लाख बराबरको क्षति भएको छ । बाढीका कारण स्थायी प्रकृतिका ९टिकाउ हुने० घरायसी वस्तुमा पनि क्षति पुगेको छ ।

जसमा तीन हजार १८७ परिवारले रु एक अर्ब ४५ करोड बराबरको सम्पत्ति गुमाएका छन् । साथै अस्थायी प्रकृतिका ९टिकाउ नहुने० घरायसी वस्तुमा पनि दुई हजार ७६९ परिवारले रु ६६ करोड ३५ लाख बराबरको क्षति बेहोरेका छन् ।

आयोगका अनुसार बाढीका कारण कूल छ हजार ८१७ परिवार, ३२ हजार ८७२ जना व्यक्ति, ४९९ प्रतिष्ठान प्रभावित भएका थिए । पूर्ण क्षति भएका आवासीय संरचनाको सङ्ख्या दुई हजार ९८९ छ ।

प्रभावित घरपरिवारतर्फ धादिङमा ९४८, गोरखामा १०८, नुवाकोटमा तीन हजार ८४१ र सुवामा एक हजार ९२० सङ्ख्या छ । साथै प्रतिष्ठानतर्फ धादिङमा १०४, गोरखामा १५, नुवाकोटमा ३२३ र रसुवामा ५७ वटा प्रभावित भएका छन् ।

सर्वेक्षणमा अनलाइन एप र ट्याब्लेटसहित कर्मचारी परिचालन गरिएको थियो । जसमा चार जिल्लाका १५ स्थायीय तहमा ५८ टोली र १५६ जनशक्ति परिचालन गरिएको थियो ।

2