Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

एआईको विस्तारसँगै झाङ यिमिङ बने चीनका सबैभन्दा धनी व्यक्ति

एआईको विस्तारसँगै झाङ यिमिङ बने चीनका सबैभन्दा धनी व्यक्ति
A A+ A-

बेइजिङ (रासस/एपी)। कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा आफ्नो कम्पनीको विस्तारसँगै बाइटडान्सका संस्थापक झाङ यिमिङ चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन्। हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रमा सम्पत्ति बढ्दै गएको देखाएको छ भने उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी दबाबमा परेका छन्।

हुरुनका अनुसार पाँच अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६ प्रतिशतले बढेर एक हजार ५२९ पुगेको छ। अमेरिकी डलरमा आधारित गणनाअनुसार अर्बपतिको सङ्ख्या पनि १५५ ले बढेर एक हजार १७६ पुगेको छ।

हुरुनका अध्यक्ष रुपर्ट हुगेवर्फका अनुसार सूचीमा परेका १६० जना अर्थात् करिब १० प्रतिशतले एआई क्षेत्रबाट सम्पत्ति आर्जन गरेका छन्। बाइटडान्सको ‘डुबाओ’ चीनमा लोकप्रिय एआई सहायकमध्ये एक हो। यही कम्पनी लोकप्रिय छोटो भिडियो मञ्च डुइन र टिकटकको सञ्चालकसमेत हो।

बोतलको पानीका व्यवसायी झोङ सानसानको सम्पत्ति २३ प्रतिशतले घटेर ६१ अर्ब अमेरिकी डलरमा झरेपछि उनी दोस्रो स्थानमा पुगेका छन्। विद्युतीय सवारीसाधनका लागि ब्याट्री उत्पादन गर्ने विश्वकै ठूलो कम्पनीका प्रमुख रोबिन जेङ तेस्रो स्थानमा छन्। एआई कम्पनी डीपसिकका संस्थापक लियाङ वेनफेङ सातौँ र एआई चिप निर्माता क्याम्ब्रिकनका अध्यक्ष चेन तियान्सी दसौँ स्थानमा छन्।

एआई, अर्धचालक र रोबोटिक्स क्षेत्रमा संलग्न उद्यमीको सम्पत्ति बढे पनि उपभोक्ता सामग्री र घरजग्गा क्षेत्रका व्यवसायीको सम्पत्ति घटेको हुरुनले जनाएको छ। चिनियाँ विद्युतीय सामग्री निर्माता साओमीका अध्यक्ष लेइ जुनको सम्पत्ति आधाले घटेर २५ अर्ब १० करोड अमेरिकी डलरमा झरेको छ। मुख्यभूमि चीनमा आधारित कुनै पनि घरजग्गा विकासकर्ता पहिलोपटक शीर्ष १०० धनीको सूचीमा पर्न सकेनन्।

सरकारी सहयोगका कारण एआई र विद्युतीय सवारीसाधन उद्योग विस्तार भइरहेका बेला उपभोक्ताले खर्च घटाउँदा साना व्यवसाय प्रभावित भएका छन्। घरजग्गा बजारमा लामो समयदेखि जारी मन्दीले पनि आन्तरिक माग कमजोर बनाएको छ।

चीनको अर्थतन्त्र जुलाईदेखि सेप्टेम्बरसम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.५ प्रतिशतले बढेको थियो। चीनले उक्त वर्ष ४.५ देखि पाँच प्रतिशतसम्म आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ, जुन अघिल्लो वर्षको पाँच प्रतिशत वृद्धिभन्दा केही कम हो।

2